राजनीति


लोमन्थाङको संरक्षण गर्न जनप्रतिनिधिले गुहारे केन्द्र सरकार

लोमन्थाङको संरक्षण गर्न जनप्रतिनिधिले गुहारे केन्द्र सरकार

नेपालखबर
असोज २०, २०७६ सोमबार १२:१६,

स्थानीय जनप्रतिनिधिले मुस्ताङको ऐतिहासिक स्थल लोमन्थाङको संरक्षणका लागि आवश्यक बजेट निकासा गरी विशेष पहल गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्।

लोमन्थाङको ७ सय वर्ष पुरानो राजदरबार, तीनवटा पुराना गुम्बा तथा विश्वमै नभएको बाटोले बनेको सानो ऐतिहासिक शहरको संरक्षण तथा सम्बद्र्धन स्थानीय सरकारको बजेटबाट मात्रै सम्भव नहुने भन्दै उनीहरुले केन्द्र सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने धारणा राखेका हुन्।

लोमन्थाङ गाउपालिका वडा नम्बर ५ का अध्यक्षले हिमजिङ दोर्जे विष्टले विश्व सम्पदा सूची भित्र रहेको लोमन्थाङको संरक्षण केन्द्र सरकारबाट नै गरिनुपर्ने धारणा राखे। उनले तिब्बती पात्रो अनुसार बनेका गुम्बाहरु, माटोले बनेको शहर र त्यस भित्रको ७ सय वर्ष पुरानो राजदरबारको संरक्षण र सम्बद्र्धन गर्न सके पर्यटक प्रवद्र्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

म्याग्दी घर भई लोमन्थाङमा स्थानीय गाईडको रुपमा काम गर्दे आएका ताल श्रीपालीले जिल्लामा भएको सडक पुर्वाधार निर्माणसँगै पैदल मार्गको विस्तार हुन नसकेकाले पर्यटकहरु समस्यामा पर्ने गरेको बताए। उनले पैदल मार्गको विस्तार र ऐतिहासिक धरोहरहरुको उचित संरक्षण गरिनुपर्ने बताए।

नयाँ बाटोमा पैदल यात्रीका लागि छुट्टै ट्रयाक नहुनु, पर्यटकहरुसँग आएका गाईडलाई स्थानीय बाटो थाहा नहुनु लगायतले पर्यटकहरु समस्यामा पर्ने गरेका छन्। बिजुली लगायत न्युनतम आधारभुत आवश्यकताका पुर्वाधार नभएको जिल्ला भएपनि भिन्न विशेषता बोकेका कारण विदेशी पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा लोमन्थाङ रहँदै आएको छ।

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा अवस्थित मुस्ताङको लोमन्थाङ अनौठो भूवनोट, लोमन्थाङ बजार, मुस्ताङ्गी राजदरबार, गुक्बा र कला संस्कृतिको लागि राष्ट्रिय साथै अन्तराष्ट्रिय रुपमा प्रख्यात छ। नेपालको अन्य स्थानको भन्दा विल्कुल फरक भूवनोट, प्राधिन कला संस्कृति , मानववस्तीका गुफा र पर्खालले घेरेको शहर लोमन्थाङको विशेषण हो। हिमाली सभ्यता, संस्कृति र सम्पदाको ऐतिहासिक थलो लोमन्थाङ माटोको शहरको रुपमा पनि विश्वले चिन्दै आएको छ।

यहाँका घर, दरबार, गुम्बा, मन्दिर सबै माटोले बनेका छन्। संसारको उत्कृष्ट पदयात्राका रुपमा रहेको लोमन्थाङ पोखराबाट १० घण्टाको जिप सफारीमा र जोमसोमबाट कालिगण्डकी किनारैकिनार कागबेनी, चैले, समर, भेना र चराङ हुँदै पुग्न सकिन्छ।

पर्खाल भित्रको शहरको रुपमा परिचित लोमन्थाङ क्षेत्र भ्रमणका लागि सरकारले सन् १९९२ देखि मात्रै विदेशीका लागि खुल्ला गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad