समाज


रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना यात्रु घाइते

रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना यात्रु घाइते

नेपालखबर
असार ३२, २०८३ बिहिबार १५:५९, काठमाडौँ

रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा रुपन्देहीको बुटवल उउपमहानगरपालिका–३ बस्ने ३० वर्षीय माइक्रोबसका सहचालक सन्दीप बरालको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा भिम अस्पताल भैरहवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बस्ने ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही ठेगाना बस्ने ३४ वर्षीया श्रद्धा जोशी, कपिलबस्तुको शिवराज नगरपालिका–२ बस्ने १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीय सुनिल थापा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलिया बस्ने ५५ वर्षीया शाहाबुन निसा र नवलपरासीको सुनवल नगरपालिका–६ बस्ने ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि फरार भएका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad