अस्ट्रेलियामा दुई प्रहरीमाथि छुरा प्रहार भएको छ।
न्यु साउथ वेल्सस्थित सर्भिस स्टेसनमा खटिएका दुई प्रहरीमाथि एक हतियारधारी व्यक्तिले आइतबार छुरा प्रहार गरेका हुन्।
ती व्यक्तिबाट दुईवटा छुरा बरामद भएको छ। दुवै प्रहरी घाइते छन्। एकको खुट्टामा र अर्कोको हातमा चोट लागेको जनाइएको छ।
प्रहरीले गोली प्रहार गरी चक्कुधारी व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २५ वर्षका एक पुरुष रहेका छन्।
ती व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। केही दिन अगाडिमात्र फ्रान्सको पेरिसमा एक चक्कुधारी व्यक्तिले चार प्रहरीको हत्या गरेका थिए।
3
Shares

प्रतिक्रिया