समाज


सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा निःशुल्क बस सञ्चालन

सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा निःशुल्क बस सञ्चालन

नेपालखबर
असोज १८, २०७६ शनिबार १२:५१,

सशस्त्र प्रहरी बलले बडादशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ।

बडादशैँको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सञ्चालन गर्न लागिएको हो।

काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरीकाे प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ-याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने  प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाईला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ।

सशस्त्रले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस बडादशैँको नवमी, दशमी र एकादशीका दिन बिहान ०८:०० बजेदेखि सञ्चालन हुने छ।

एक सय ३४ पिङ

यता, सशस्त्रले वडादशैँको अवसरमा देशका विभिन्न ठाउँहरुमा स्थानीय वासिन्दाका लागि एक सय ३४ वटा पिङ हालेको छ। स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असोज १७ गतेसम्म उक्त पिङ हालेको हो।

सशस्त्रको नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ वटा पिङ हालेको भने नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले २४ वटा, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीले ८ वटा पिङ हालेको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीले २६ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतले ४ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले २५ वटा र नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad