प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथीमा बढुवा भएका निरिक्षणाधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र श्री पश्चिम पृतना हेडक्वाटरका सहायक रथी गोकुल भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
मन्त्रिपरिषदको असोज १७ गतेको निर्णयले सिग्देल र भण्डारीलाई उपरथीमा पदोन्नति गरिएको हो।
शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाईं समारोह पश्चातको विशेष कार्यक्रममा प्रधानसेनापति थापाले दुबै अधिकृतलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
पदोन्नति भएका उपरथी सिग्देललाई श्री निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई श्री पश्चिम पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ।

प्रतिक्रिया