सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ।
सशस्त्र प्रहरीको हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरे। त्यसअवसरमा उनले आजका बालबालिका भोलीका कर्णधार हुन् भन्दै विद्यार्थीले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ
लाग्नुपर्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापन गर्दै नेपाल एपीएफ स्कूलले विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताए।
सह–प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफूमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए।

प्रतिक्रिया