समाज


१० दिनदेखि रसुवाबाट दुई पर्यटक बेपत्ता, खोजीमा तीन कुकुर परिचालन

१० दिनदेखि रसुवाबाट दुई पर्यटक बेपत्ता, खोजीमा तीन कुकुर परिचालन

नेपालखबर
असोज १५, २०७६ बुधबार २:५३,

उत्तरी रसुवाको तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा दुई पर्यटक बेपत्ता भएका छन्।

यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाली ४२ वर्षीय सिसुङको खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ।

उनीहरू असोज ५ गते बिहान ९ः०० बजे तामाङ सम्पदा पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएको आधारमा आसपासका क्षेत्रमा व्यापक खोजी गर्न प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

पर्यटकीय पदमार्गको बृद्विम, टिमुरे तथा लाङटाङ क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेबाटै परिचालित गरिएको छ।

पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेखअनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए।

तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले बताउनुभयो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad