ad ad

समाज


कर्णाली युएसएआईडीको पहिलो प्रदेश विकास साझेदार बन्यो

कर्णाली युएसएआईडीको पहिलो प्रदेश विकास साझेदार बन्यो

नेपालखबर
असोज ९, २०७६ बिहिबार १०:५,

कर्णाली प्रदेश–अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारको अर्थ मन्त्रालयबीच हस्ताक्षर भएको द्विपक्षीय सहमतिबमोजिम बिहीबार नेपालस्थित युएसएआईडी कार्यालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयकाबीच उक्त प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि एक साझेदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालको नयाँ संघीय संरचनामा नेपाल सरकारको स्वीकृत बजेटअन्तर्गत प्रदेशमा सिधै सहयोग प्रदान सुरु गर्ने युएसएआईडी पहिलो विकास साझेदार बनेको छ। अन्य प्रदेशहरूको तुलनामा कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर दोस्रो उच्च रहेको छ। १ हजार शिशु जन्मिँदा ५८ जना मृत्यु हुने गरेका छन्। कुल प्रजन दर समेत दोस्रो उच्च नै रहेको छ। प्रतिमहिला २.८ बालबालिका जन्मन्छन्।

यो साझेदारीमार्फत युएसएआईडीले कर्णाली प्रदेशलाई मातृस्वास्थ्यका साथै नवजात शिशु र बालबालिकाको स्वास्थ्य सेवामा सुधारमार्फत जीवन रक्षाका निम्ति ६ करोड ६० लाख रुपैयाँसम्मको लगानी गर्न सहयोग गर्नेछ ।

स्वास्थ्यसम्बन्धी यी कार्यक्रमहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यान्वयन गर्नेछ। यसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रातोकिताबमा युएसएआईडीबाट योगदान भएको उल्लेख गरी सदुपयोग गरिनेछ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, सामाजिक विकास सचिव डा. मानबहादुर विश्‍वकर्मा र युएसएआईडी नेपालका कार्यवाहक निर्देशक एड्रिआना हेजको उपस्थितिमा एक औपचारिक कार्यक्रमबीच उक्त साझेदारीको संयुक्त रूपमा घोषणा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .