काठमाडौंको पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरत बिक्रम बिसी र लेखापाल बद्रीप्रसाद पराजुली विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
लेखापाल पराजुली र सहायक प्रधानाध्यापक बिसीले विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा गएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दुबैजनालाई एक लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अनुसन्धानको क्रममा उनीहरूसहित प्रधानाध्यापक काफ्लेलेको समेत अनियमिततामा संलग्नता खुलेको अख्तियारको दाबी छ। उनीहरु तीनैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।
प्रतिक्रिया