ad ad

राजनीति


प्रधानमन्त्रीको निर्देशनः कार्यसम्पादन सम्झौता छिटो कार्यान्वयनमा लैजानु

प्रधानमन्त्रीको निर्देशनः कार्यसम्पादन सम्झौता छिटो कार्यान्वयनमा लैजानु

नेपालखबर
असोज ९, २०७६ बिहिबार १०:५,

 प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समीक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको सो समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले जानकारी दिए।

एक महिनाअघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौंता गरेका थिए। त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। यता, प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .