ad ad

समाज


विप्लव समूहका उपत्यका इन्चार्ज बीके पक्राउ

विप्लव समूहका उपत्यका इन्चार्ज बीके पक्राउ

नेपालखबर
असोज ७, २०७६ मंगलबार २:२०,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका काठमाडौं उपत्यका ब्युरो इन्चार्ज नवीन बीके(विश्वकर्मा)लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई सोमबार राति ललितपुरबाट पक्राउ गरेको हो।

यसअघि प्रहरीले उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो। त्यसपछि विप्लव समूहले विकलाई उपत्यका इन्चार्जको जिम्मेवारी दिएको थियो।

विश्वकर्मासँगै विप्लवका अर्का कार्यकर्ता भिम बटाला पनि पक्राउ परेका छन् । उनीहरुलाई हाल टेकु प्रहरी परिसरको सेफ हाउसमा राखिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .