ad ad

समाज


देशभर बदली, कता-कता वर्षा होला ?

देशभर बदली, कता-कता वर्षा होला ?

नेपालखबर
असोज ७, २०७६ मंगलबार २:३१,

आज (मंगलबार) पनि देशका केही स्थानमा वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली र देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। 

साथै देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस्तै राति पूर्वी र मध्य भूभागका केही र र पश्चिमका १-२ ठाउँमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .