ad ad

खेल


मेस्सीले जिते छैटौंपटक फिफा वर्ष खेलाडी अवार्ड(अन्यको सूचीसहित)

मेस्सीले जिते छैटौंपटक फिफा वर्ष खेलाडी अवार्ड(अन्यको सूचीसहित)

नेपालखबर
असोज ७, २०७६ मंगलबार २:३,

विश्वको सर्वाेच्च फुटबल संगठन फिफाले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट खेलाडीको अवार्ड यस वर्ष अर्जेन्टिनााका लियोनल मेस्सीले जितेका छन्।

सोमबार राति घोषणा भएको सन् २०१९ को उत्कृष्ट खेलाडीको अवार्ड मेस्सीले छैटौंपटक हात पारेका हुन्।

क्रिस्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइकलाई पछि पार्दै मेस्सीले अवार्ड जितेका हुन्।

वर्षका उत्कृष्ट पुरुष खेलाडीमा बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका मेस्सीले युभेन्टसबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र लिभरपुलबाट खेल्ने नेदरल्यान्डका भ्यान डाइकलाई पछि पारेका हुन्। गएको सिजन ला-लिगाको उपाधि जितेका मेस्सी युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

 

यसअघि मेस्सीले उक्त अवार्ड ५ पटक जितिसकेका छन्। उनले सन् २००९, २०१०, २०११, २०१२ मा लगातार चारपटक र २०१५ मा उक्त अवार्ड जितेका थिए।

यस्तै रोनाल्डोले पनि ५ पटक जितिसकेका छन्। रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए। सन् २०१९ को पनि अवार्ड पनि जितेपछि मेस्सीले रोनाल्डोलाई पछि पारेका छन्।

मेस्सीले गएको सिजन ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेले। जसमा उनले ४ हजार २४ मिनेट मैदानमा बिताएका थिए। त्यसमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल गरेका थिए।

त्यसलाई तुलनात्मक रुपमा हेर्ने हो भने उनले एक गोल गर्न सरदर ८६ मिनेट लगाएका छन्। मेस्सीले पोस्टमा प्रहार गरेको सट संख्या २ सय ८४ रहेको थियो।

महिलातर्फ अमेरिकी एलेक्स मोर्गान र इंग्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पार्दै अमेरेकी मेगान रापिनले फिफा वर्ष खेलाडीको उपाधि हात पारिन्। ३४ वर्षीया रापिन महिला विश्वकपमा गरेको ६ गोलले नै उनलाई गोल्डन बुटको हकदार बनाएको हो।

Megan Rapinoe 1280x720 1

अन्य अवार्ड  
उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड – ड्यानियल सोरी
उत्कृष्ट पुरुष गोलकिपर – एलिसन बेकर
उत्कृष्ट महिला गोलकिपर – सारी भ्यान भेनेनडाल
उत्कृष्ट महिला टिम प्रशिक्षक – जिल एलिस
फिफा समर्थक अवार्ड – सिल्भिया ग्रेको
पुरुष टिम उत्कृष्ट प्रशिक्षक – जर्गेन क्लोप
उत्कृष्ट महिला खेलाडी – मेगान रापिनो
फिफा फेयर प्ले अवार्ड – मार्सेलो बिएल्सा र लिड्स युनाइटेड

पुरुषतर्फ विश्व उत्कृष्ट ११ 
गोलकिपर – एलिसन बेकर
डिफेन्डर – भर्जिल भ्यान डाइक, म्याथियस डि लिग्ट, मार्सेलो, सर्जियो रामोस
मिडफिल्डर – इडन हाजार्ड, फ्रान्की डि योङ, लुका मोडरिक
फरवार्ड – केलियन एमबाप्पे, लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो

महिलातर्फ विश्व उत्कृष्ट ११  
गोलकिपर – सरी भान भेनेन्डल
डिफेन्डर – लुसी ब्रोन्ज, वेन्डी रेनार्ड, लिला फिस्चर, केल्ली ओ(हारा
मिडफिल्डर – अमान्डिन हेनरी, जुली एर्ज
एट्याकिङ मिडिफिल्डर – मार्टा, रोज लाभेली, मेगान रापिन
स्ट्राइकर – एलेक्स मोर्गन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .