अमेरिका लुजियाना राज्यका एक व्यक्तिले आफ्ना प्रेमिकालाई पानी भित्रबाट विवाहको प्रस्ताव गर्दा गर्दै ज्यान गुमाएका छन्।
स्टिभन वेबर र उनका प्रेमिका केनिसा एन्टोनिया छुट्टी मनाउन तान्जेनिया पुगका थिए। उनीहरु पेम्बा टापुमा बसेका थिए।
सोही क्रममा वेबरले प्रेमिकालाई पानी भित्रबाट विवाहको प्रस्ताव गर्ने प्रयास गरेका थिए।

यो सब भइरहँदाको भिडियो तथा फोटोहरु खिचिएका छन्। पानी भित्रबाट वेबरले प्रेमिका केनिसाको लागि पत्र देखाएका छन्।
त्यहाँ लेखिएको छ,‘म तिमीलाई माया गर्छु भनेर स्वास रोकि रहन सक्दिन। म तिमीलाई हरेक दिन माया गर्छु। के तिमी मेरी जीवनसाथी बन्छौं। मसँग विवाह गर्छौ?’

यति भनिरहँदा उनी जीवितै हुन्छन्। तर जब उनले विवाहको औंठी देखाउँछन् उनी पानीबाट बाहिर भने आउन सक्दैनन्।
एन्टोनियाले उनको निधनपछि फेसबुकमा लेखेकी छिन्,‘तिमी अब त्यो गहिराइबाट कहिल्यै फर्कने छैनौं, त्यसैले तिमिले मेरो उत्तर सुन्ने छैनौं। म दशौं लाखपटक तिमीसँग विवाह गर्न तयार छु।’ सीएनएन
(भिडियो)
Shares

प्रतिक्रिया