समाज


बाढीपहिरोले ६ वटा राजमार्ग अवरुद्ध

बाढीपहिरोले ६ वटा राजमार्ग अवरुद्ध

नेपालखबर
साउन २, २०८३ शनिबार १९:४४, काठमाडौँ

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीका अनुसार खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

यसैगरी, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। 

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad