समाज


तीव्र गतिको कारले मोटरसाइकललाई ठक्क दिँदा २ युवकको मृत्यु

तीव्र गतिको कारले मोटरसाइकललाई ठक्क दिँदा २ युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८३ शनिबार १०:३०, काठमाडौँ

झापामा कारले मोटरसाइकललाई ठक्क दिँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ गौरीगन्ज–२ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोहमद नुर मोटरसाइकल चालक हुन्। हक मोटरसाइकलको पछाडि सवार थिए।

पूर्वतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो १ बजेतिर ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए। 

मोटरसाइकल चालक स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा र हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले कार चालकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंह छन्। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad