समाज


तनहुँको आँबुखैरेनीमा बसको ठक्करबाट युवकको मृत्यु

 तनहुँको आँबुखैरेनीमा  बसको ठक्करबाट युवकको मृत्यु

नेपालखबर
असोज ४, २०७६ शनिबार ८:३१,

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिए।

उनका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad