समाज


वामपन्थी आन्दोलनका अगुवा गुप्ताको निधन

वामपन्थी आन्दोलनका अगुवा गुप्ताको निधन

नेपालखबर
असोज ४, २०७६ शनिबार ८:४२,

वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ।

उनको शुक्रबार साँझ निधन भएको हो। विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित थिए।

स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाएका थिए। विसं १९८२ भारतको कोलकत्तामा जन्मिएका गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो।

उनको पार्थिव शरीरमा शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे।

उनको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ। उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad