समाज


वेलायती प्रधानमन्त्री समक्ष बिरामी आफन्तको आक्रोश, जोन्सन भन्छन्– ‘जनताको कुरा सुनेर खुशी छु’

वेलायती प्रधानमन्त्री समक्ष बिरामी आफन्तको आक्रोश, जोन्सन भन्छन्– ‘जनताको कुरा सुनेर खुशी छु’

नेपालखबर
असोज २, २०७६ बिहिबार १०:३५,

गत बुधबार उत्तर पूर्वी लन्डनको ह्विप्स क्रस युनिभर्सिटी अस्पतालमा भएको नागरिक र नेताबीचको चर्काचर्की अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अस्पताल निरीक्षणमा गएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग एक जना बिरामीका आफन्तले मिडियासामु चर्चित हुन आएको आरोप लगाएका हुन्।

के भएको थियो?

भर्खरै प्रधानमन्त्री बनेका जोन्सन अस्पतालको निरीक्षणमा जान्छन्, त्यहाँ उनलाई पत्रकारले पनि पछ्याइरहेका हुन्छन्। सोही क्रममा अस्पतालमा बोरिसको भेट ओमार सलेमसँग हुन्छ।

ओमार सलेम गम्भीर बिरामी भएकी आफ्नी नवजात शिशुको उपचार गर्न आएका हुन्छन्।  उनको छोरी जन्मेको आठ दिनमात्रै भएको छ। जब ओमारले प्रधानमन्त्री बोरिसलाई पत्रकारसँग देख्छन्। उनी निकै आक्रोशित हुन्छन्। उनले प्रधानमन्त्रीलाई उक्त अस्पतालमा पर्याप्त डाक्टर, नर्स नभएकाले आफ्ना छोरीले राम्रो उपचार नपाएको गुनासो गर्दछन्।

भिडियाे हेर्नुहाेस्ः (स्राेतः द सन)

ओमारले आफूले अस्पतालमा पाएको सेवा अस्वीकार्य भएको बताउँछन्। उनले देशको राष्ट्रिय स्वास्थ्य सेवा धरापमा परेको बताइरहँदा बोरिसले उनको गुनासो सुनिरहेका हुन्छन्। उनले अस्पतालको अवस्था बुझ्न आएको, जनताको समस्या बुझ्न आएको प्रतिक्रिया दिन्छन्।

ओमारले सञ्चारमाध्यमको अगाडि राम्रो हुनका लागि अस्पतालमा आएको आरोप लगाउँछन्। बोरिसले उनको प्रतिवाद गर्दै अस्पतालमा कुनै सञ्चारमाध्यम नभएको बताउँछन्।

ओमारले पत्रकारहरुतिर फर्किएर यिनीहरु को हुन् त? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्छन्। यत्तिकैमा अस्पतालका अधिकारीहरुले अस्पतालमा चर्को स्वरमा हल्ला नगर्न आग्रह गर्दछन्।

यस घटनाको भिडियो सार्वजनिक भएपछि बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको आलोचना भइरहेको छ। यसअघि संसदलाई निलम्बन गर्ने धारणा राखेका उनको छवि बेलायती जनतामाझ आलोकप्रिय बन्दै गएको छ।

लज्जाबाेध छैन, कर्तव्य सम्झेर गएकाे हुँः जाेन्सन

बोरिस जोन्सनले यस घटनाले आफूलाई लज्जाबोध नभएको बताएका छन्। उनले ट्वीटरमा उनी र ओमारबीचको कुराकानीको भिडियो समेत सेयर गरेका छन्। ट्वीटरमा उनले अस्पतालमा भएको घटनाले आफूलाई कुनै लज्जाबोध नभएको बताउँदै उनले नागरिकको समस्या बुझ्नु र सुन्न आफ्नो जिम्मेवारी भएको बताएका छन्।

‘म प्रधानमन्त्री बनेको ५७ दिन भयो, नागरिकको समस्या बुझ्नु उनीहरुसँग कुराकानी गर्नु मेरो कर्तव्य हो। कसैले मेरो कुरामा सहमति जनाउँदैनन् भने कुनै आपत्ति छैन’, बोरिस ट्वीटरमा भन्छन्, ‘यी व्यक्तिले मलाई उनका समस्या बताए। यो लज्जाको विषय होइन। यो जिम्मेवारीको विषय हो।’ एजेन्सीहरुबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad