नक्कली भुटानी शरणार्थी मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार जरिबाना तोकिएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौँले रिजाललाई सरकारी लिखत कीर्तेमा एक हवर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ। त्यस्तै, उनलाई ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिबाना तोकिएको छ।
जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले संगठित अपराधमा रिजाललाई एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको छ। यस्तै, राज्यविरुद्धको कसुरमा उनलार्य ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ।
उनलाई एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना गरिएको छ। सबैभन्दा बढी एकीकृत तर्फ सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना भोग्नुपर्नेछ।
150
Shares

प्रतिक्रिया