समाज


राशिफल ३१ असार : मकरले अधिकारका लागि संघर्ष गर्नुपर्ने, मीन प्रतिस्पर्धामा सफल, तपाईँको के?

राशिफल ३१ असार : मकरले अधिकारका लागि संघर्ष गर्नुपर्ने, मीन प्रतिस्पर्धामा सफल, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार ३१, २०८३ बुधबार ४:९, काठमाडौँ

बिहीबार, ३१ असार २०८३ (१५ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सोचेअनुसार काम नबन्दा मन खिन्न बन्नेछ। निर्णयमा अन्योल बढ्न सक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। साँझतिर आफन्तसँग भेटघाट हुने तथा नयाँ योजना बन्ने सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४४ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन गराउने। झुट नबोल्ने।

वृष: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। मनपर्ने व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। अचल सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ। उद्योग तथा व्यापारमा राम्रो प्रतिफल प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६४, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: दैनिक कामले गति लिनेछ। महिला वा मित्रबाट विशेष साथ मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। आम्दानी बढ्नुका साथै दीर्घकालीन फाइदा हुने काम सुरु गर्ने अवसर मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५२, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७४ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: घरायसी काम सहज रूपमा अघि बढ्नेछ। कला तथा अभिव्यक्तिको प्रभाव बढ्नेछ। मनोरञ्जन तथा भ्रमणको अवसर प्राप्त हुनेछ। सेयर बजारमा सोचेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६९, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह: यात्रामा सावधानी अपनाउनु आवश्यक छ। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले संयमित रहनुहोला। स्वास्थ्यप्रति ध्यान दिनु उचित हुनेछ। साँझतिर धनलाभको सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४४, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: इच्छा र आकाङ्क्षा पूरा हुनेछन्। समयमै सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्ने सम्भावना छ। व्यवसायका लागि गरिने यात्रा लाभदायी रहनेछ। दाम्पत्य जीवन सुखद र सन्तोषजनक बन्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५६, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सानो प्रयासले उल्लेखनीय उपलब्धि दिलाउन सक्छ। रमणीय यात्राको अवसर प्राप्त हुनेछ। परिश्रमअनुसार प्रतिफल मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६७, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: प्राविधिक तथा सीपमूलक काममा सफलता प्राप्त हुनेछ। सम्मान र आदर प्राप्त हुनेछ। भूमि, सवारी तथा पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। सकारात्मक सोचले थप सफलता दिलाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

धनु: विश्वासपात्रको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक तथा धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको सही प्रयोगले जटिल काम सहज बन्नेछ। साथीभाइको साथले उत्साह बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मकर: अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउला। सवारी साधनसँग सम्बन्धित काममा विशेष सावधानी अपनाउनुहोला। साँझतिर परिवारको साथले नयाँ आशा जाग्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ。प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: रमणीय यात्राको अवसर प्राप्त हुनेछ। मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभाव बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ने तथा नयाँ सफलता हात लाग्ने सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६५, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: रमाइलो यात्राको योग छ। नयाँ व्यक्तिसँग परिचय हुने सम्भावना छ। परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमी वा जीवनसाथीसँग नयाँ स्थानको भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad