नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरको आरोपमा शशिधर शर्मालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको सिफारिशमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष उनलाई पक्राउ गरिएको हो।
कम्पनीले रिसोर्ट निर्माण र जग्गा खरिद गर्न भनेर प्रभु बैंकबाट ४८ करोड रुपैयाँ बिनाधितो कर्जा निकालेको थियो। कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भनेर कबुलियतनामा गराई सो कर्जा कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरुको बक्यौता तिर्न प्रयोग गरिएको थियो।
बैंकिङ कसुर सजाय ऐन, २०६४ को दफा ८ विपरित कर्जा रकम दुरुपयोग गरिएको सीआईबीको आरोप छ।
राष्ट्र बैंकले बैंक सुपरिवेक्षण विभागले तयार पारेको विशेष स्थलगत प्रतिवेदनका आधारमा शर्मालाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयमार्फत् पत्राचार गरेको थियो।
सोही अनुसार सीआईबीले उच्च अदालत पाटनको अनुमति लिएर मंगलबार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई पक्राउ गरेको हो। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्।
Shares

प्रतिक्रिया