अफगानिस्तानमा बिहीबार ट्रक बम विस्फोट हुँदा कम्तीमा २० सर्वसाधारणको मृत्यु भएको छ।
दक्षिण अफगानिस्तानको कलात शहरस्थित एक अस्पताल अगाडि तालिबानले बम विस्फोट गराएको बीबीसीले जनाएको छ।
तालिबानले घटनाको जिम्मा लिँदै आफूहरुले अस्पताल अगाडिको सरकारी अनुसन्धान कार्यालयलाई निशाना बनाएको जनाएको छ।
गत महिना अफगानिस्तानको युद्धको चपेटामा परेर ४ सय ७३ नागरिकको ज्यान गएको थियो।
अफगानिस्तानको प्रान्त परिषद्ले बिहीबारको घटनामा २० जनाको मृत्यु भएको पुष्टि गर्दै कम्तिमा एकसय जना घाइते भएको उल्लेख गरेको छ।

प्रतिक्रिया