बुधबार बसेको भारतको मन्त्रीपरिषद् वैठकले विधुतीय चुरोट पूर्ण प्रतिबन्ध गर्ने निर्णय गरेको त्यहाँको वित्तमन्त्री निर्मला सितारणले बताएकी हुन्।
यस निर्णयसँगै अब भारतमा विद्युतीय चुरोटको विक्री, वितरण तथा विज्ञापनमा पनि प्रतिबन्ध लागेको छ। साथै यस्ता चुरोट निर्यात र आयातमा पनि प्रतिबन्ध लागेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यससँगै एक अध्यादेश पनि जारी गरिएको छ। उक्त प्रस्तावित अध्यादेशमा विद्युतीय चुरोटको विक्रिवितरण गरेको पाइए एक वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवान गरिने प्रावधान छ।
विद्युतीय चुरोटका कारण अमेरिकामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ।
हालै विद्युतीय चुरोट सेवन गर्ने अमेरिकाका एक १८ वर्षका युवाको फोक्सो ७२ वर्षका मानिसको जस्तो भएपछि भारतले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको हो।
प्रतिक्रिया