गायिका रेखा शाहको ‘बाटैमा रै‘छ घर तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रेखा शाह र राजनराज सिवाकोटीको स्वर रहेको सो गीतमा शब्द र संगीत गायक सिवाकोटीकै रहेको छ। गीतको एरेन्ज राजन इसानको रहेको छ।
गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल अञ्जली अधिकारी र महेश खडु्कालाई प्रस्तुत गरिएको छ। एक गाउँको उक घर वरिपरि नै सीमित भिडियो गीतको मर्म अनुरुपकै बनेको छ।
प्रेमका भावना व्यक्त गरिएको गीतमा एक अर्काप्रति हुने आकर्षण र त्यो आकर्षणको कारणलाई प्रस्तुत गरिएको भिडियोमा अञ्जली र महेशले खुलेरै भूमिका निभाएका छन्।
म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका छन्। भिडियोको छायाँकन र सम्पादन दिपेन बस्न्यातले गरेका छन् भने कोरियोग्राफी गोबिन्द राईको रहेको छ।
हेरौँ भिडियो
6
Shares
प्रतिक्रिया