समाज


भदौरे झरीसँगैको पहिरोले स्याङ्जामा गोठको भैँसी ठहरै,कास्कीका विभिन्न ठाउँमा क्षति

भदौरे झरीसँगैको पहिरोले स्याङ्जामा गोठको भैँसी ठहरै,कास्कीका विभिन्न ठाउँमा क्षति

वाशुदेव मिश्र
भदौ ३१, २०७६ मंगलबार १३:९,

गएराति परेको अबिरण वर्षापछि आएको पहिरोले घरपछाडिको पर्खाल भत्काउँदा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकमा एकजना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका सागर क्षेत्री रहेका छन्।

उनको अवस्था सामान्य रहेको र गाउँमै रहेको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अन्नपूर्ण यता, गाउँपालिका–४ को प्रेमबस्तीमा बारीको कान्लाले पुर्दा चेतनाथ सुवेदीको ढुंगा र माटोले बनेको घरको पछाडिको कोठा भत्केको र घर नै जोखिममा परेको छ।

वर्षापछिको बाढीका कारण कास्कीकै पोखरा उपमहानगरपालिका–२४, पामेमा रहेको कुलबहादुर श्रेष्ठको आनन्द एण्ड आजना कृषि फार्ममा पालिएको कुखुराहरु मरेका छन् भने भौतिक संरचनामा पनि क्षति पुगेको छ । बाढीका कारण उनको फार्ममा रहेको १ सय ५० वटा गिरिराज, २२ वटा बोइरल र५० वटा टर्की जातका कुखुरा मरेको प्रहरीले जनाएको छ। सोही ठाउँको ठाडोलाइनमा टंकबहादुर खड्काले संचालन गरेको समाज सुधार फार्ममा हर्पनखोलाको पानी पस्तदा त्यहाँ रहेका १ सय ५० वटा बोइलर कुरा मरेका छन् भने पानी पस्दा माछा पोखरीमा रहेका माछा पनि बगेका छन्।

कास्कीसँगै जोडिएको स्याङ्जाको फेदीखोला–४, कोटमुनीको मीनबहादुर क्षेत्रीको घरमा क्षति पुगेको, त्यहीँका श्यामबहादुर र गोपाल दमाईको संयुक्त घर भत्कँदा गोठमा रहेको भैँसी मरेको छ। भैँसीसमेत मर्दा उनीहरुको करिब ३ लाख क्षति भएको छ। सोही ठाउँका लालकाजी गुरुङको गोठ पुँरिदा करिब १ लाखको क्षति पुगेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .