समाज


बाबुद्वारा छोरीलाई ‘सेक्स टोय’ उपहार, काठमाडौंको उच्च घरानामा यौन हिंसा

बाबुद्वारा छोरीलाई ‘सेक्स टोय’ उपहार, काठमाडौंको उच्च घरानामा यौन हिंसा

दीपक खरेल
भदौ ३१, २०७६ मंगलबार १२:३१,

उनी बेलायतमा काम गर्छन्। पुर्खयाैली घर मोरङ भए पनि लामो समयदेखि काठमाडौंमै परिवार छ। विश्वविद्यालय तहको शिक्षा लिएका उनी सरकारका उच्च अधिकारी, न्यायाधीश र प्रहरी अधिकारीका समेत निकट मित्र हुन्।

उनै ६५ वर्षका  कैलाशले छोरीलाई लामो समयदेखि यौन हिंसा गरिरहेको विषय प्रहरीमा पुगेको छ। महानगरीय अपराध महाशाखाले आफैँले ११ वर्षमा ल्याएर हुर्काएकी छोरी उपर यौनजन्य हिंसा र साईबर अपराध आरोपमा कारवाही थालेसँगै उनको कर्तुत उदांगो भएको छ।

१७ भदौदेखि उनी प्रहरी नियन्त्रणमा छन्।

कैलाशले आफ्नी छोरी ३८ वर्षीय प्रीतिलाई केही वर्ष अघिदेखि नियमित रुपमा अश्लिल सन्देश पठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो पटक बेलायतबाट फर्किदा उनले छोरीका लागि ‘सेक्स टोय’ उपहार ल्याइदिएका थिए। त्यसपछि प्रीति सहन नसकेर प्रहरीमा उजुर गर्न पुगेकी हुन्।

‘पीडित र पीडकबीच अति निकट पारिवारिक सम्बन्ध छ,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘हामीले अनुसन्धान पूरा गरेर कानुनी प्रक्रियाका लागि फाइल अदालत पठाएका छौं।’

अनुसन्धान अधिकारीका अनुसार ६५ वर्षीय कैलाशले छोरी प्रीतिलाई भौतिक रुपमा कुनै हानी पु¥याएका छैनन्। तर सन्देश पढ्दा उनी बाबु हुन् भन्न लाजै लाग्छ।

आफैँले हुर्काएकी छोरीसँग शारीरिक सम्बन्ध स्थापित गर्न उक्साउने आसयका सन्देशहरु समेत उनले पठाएका छन्। पछिल्लो पटक ल्याएको ‘सेक्स टोय’ उपहार दिएपछि त्यसको प्रयोगका विषयमा सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘शारीरिक रुपमा केही नगरे पनि अश्लिल सन्देश र तस्बिर पठाएर मानसिक यातना दिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘उनको नियत पीडित आफैँ विवश भएर सम्पर्क गर्न आवस् भन्ने आसयको छ।’

कति वर्षदेखि उनले यौन हिंसा गरेका हुन् भनेर समेत प्रहरीले खोज गरेको छ। यौन हर्कत र गतिविधिबारे प्रीतिले कडा प्रतिवाद नगरेपछि लगातार सन्देश पठाउने र यौनजन्य हिंसालाई निरन्तरता दिएको प्रहरी निष्कर्ष छ।

‘हर्कतको सीमा नाघेपछि घटना विवरण पीडितले आफन्तलाई बताएकी रहिछन्,’ महाशाखाका अधिकारी भन्छन्, ‘उनीहरुको सल्लाहअनुसार जाहेरी परेको हो।’

धेरै समय बेलायतमा रहने कैलाशले दोस्रो विवाह गरेका छन्। दोस्री पत्नीबाट जन्मिएकी प्रीतिसँगै आमालाई उनले भित्राएका हुन्। उनी बेलायतमा काम गर्ने भए पनि समय–समयमा नेपाल आइरहन्थे।

काठमाडौंको उच्च घरानाको यो प्रकरणबारेको मुद्दा महाशाखाले सोमबार साईबर अपराध अन्र्तगत सरकारी वकिल कार्यालयमा बुझाएको छ। सरकारी वकिल कार्यालयले केही दिनमै मुद्दा काठमाडौं जिल्ला अदालतमा बुझाउनेछ।

पीडित प्रीतिले मुद्दाको सुनुवाई बन्द इजलासमा हुनुपर्ने माग गरेकी छिन्। (कैलाश र प्रीति दुवै नाम परिवर्तित हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .