नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ३ अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ।
उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवास चितवनमा निधन भएको छ।
भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको निधन भएको हो। कुलप्रसाद नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ठूलोबुबा हुन्।
दाहाल परिवार कास्कीबाट २०१९ मा बसाइँ सरेर चितवन आएको थियो। दिवंगत दाहाल विसं ०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए।
दाहालका चार छोरा र दुई छोरी छन्। उनका अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ।
दाहालको आजै देवघाटमा अन्त्येष्टि गरिने छ। उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।
3
Shares
प्रतिक्रिया