ad ad

राजनीति


स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री पुगे टिचिङ अस्पताल

स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री पुगे टिचिङ अस्पताल

नेपालखबर
भदौ २५, २०७६ बुधबार ४:५०,

भर्खरै मात्र सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहानै त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेका छन्।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान ९ बजेतिर टिचिङ अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन्।

मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले नेपालखबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली सिंगापुरमा मिर्गाैला उपचारका लागि ‘प्लाज्मा फेरोसिस’ गराउँदा गर्धनमा राखिएको ‘क्याटेटर’ निकाल्न त्यहाँ गएका हुन्।

उनी अहिले अस्पतालबाट बाहिरिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .