समाज


मेलम्ची खानेपानी आयोजनामा झडपः ६ राउन्ड अश्रुग्यास प्रहार

मेलम्ची  खानेपानी आयोजनामा झडपः ६ राउन्ड अश्रुग्यास प्रहार

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ११:४८,

 मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ।

आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ।

झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए। झडपमा प्रहरीबाट छ राउन्ड अश्रु ग्यास तथा दुई राउन्ड हवाइ फायर भएको छ भने पीडितले ढुंगामुढा प्रहार गरेका छन्।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधनमा ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए।

तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो। त्यसैक्रममा आन्दोलनकारीले एक्कासि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए।

आयोजनाको बाँधमा नै पुगेर अन्दोलन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो। अम्बाथानमा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्य लगायतको टोलीसहित एकै पल्ट जाने भनिए तापनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुंगामुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad