प्रहरीले वीरगञ्जबाट सवारी साधनको ट्रायल परीक्षा दिने एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
वीरगञ्ज नगरपालिका–२३ स्थित ट्रायल सेन्टरबाट प्रहरीले बारा पर्सौनी–९ का २९ वर्षीय जगन साह तेलीलाई पक्राउ गरेको हो।
उनले औरहिया गोठ बस्ने चिरञ्जीवीप्रसाद यादवको नामबाट ट्रायल परीक्षा दिने तयारी गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आरोपी साहलाई प्रहरीले इलाका प्रहरी कार्यालय श्रीपुर पर्साको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया