समाज


बर्ड फ्लुबारे समयमै नबताएको भन्दै चिडियाखाना प्रमुख साह हटाइए

बर्ड फ्लुबारे समयमै नबताएको भन्दै चिडियाखाना प्रमुख साह हटाइए

नेपालखबर
असार ६, २०८३ शनिबार १९:४८, काठमाडौँ

बर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै ललिखपुरको जावलाखेलस्थित सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई हटाइएको छ। 

राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नदिएको साहमाथि आरोप लगाइएको छ। कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको हो। 

कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको नेतृत्वमा तीन सदस्यसीय छानबिन समिति गठन गरेको छ। कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री छानबिन समितिका सदस्य रहेका छन्। समितिलाई एक साताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ। साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको थियो। चिडियाखानामा १० दिनअघिबाटै पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नदिएको आरोप छ। 

चराचुरुंगी मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा बर्ड फ्लु देखिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad