समाज


भोटो जात्रा हेर्न जावलाखेल पुगे प्रधानमन्त्री बालेन (तस्बिरहरू)

भोटो जात्रा हेर्न जावलाखेल पुगे प्रधानमन्त्री बालेन (तस्बिरहरू)

नेपालखबर
असार ६, २०८३ शनिबार २०:२१, काठमाडौँ

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा प्रदर्शन गरिएको छ।

परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहबीच भोटो प्रदर्शन गरिएको हो। भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित रहेका थिए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित रहेका थिए। कार्यक्रममा मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी पनि सहभागी भएका थिए। 

हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ। भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको स्थानीय बासिन्दा बताउँछन्। 

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad