राजनीति


प्रधानमन्त्री ओलीलाई आज तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदै

प्रधानमन्त्री ओलीलाई आज तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदै

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ४:५१,

उपचारका लागि हाल सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (मंगलबार)तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदैछ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीकाे उपचार भइरहेकाे छ। 

प्रधानमन्त्रीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गर्नुपर्ने चिकित्सकले बताएका छन्।

बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि दिन बिराएर ‘प्लाज्माफेरेसिस’ प्रक्रिया थालिएकाे हाे। 

त्यस क्रममा शुक्रबार र आइतबार गरी दुईपटक प्लाज्माफेरेसिस भइसकेको छ ।

आज फेरि तेस्राेपटक उक्त उपचार प्रक्रिया गर्न लागिएको हो। उनको शरीरमा आवश्यकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि प्लाज्माफेरेसिस प्रक्रिया अपनाइएको हो ।

विशेषज्ञका अनुसार एन्टिबडी हटाउन शरीरको रगत निकालेर उपचार गरेर फेरि त्यसलाई शरीरमा पठाउने प्रक्रिया प्लाज्माफेरेसिस हाे। जसले गर्दा मृगौलामा भइरहेको आक्रमण रोक्न सकिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad