समाज


पर्वतको खुर्कोटमा पहिरोले घर पुर्दा एक वृद्धको मृत्यु

पर्वतको खुर्कोटमा पहिरोले घर पुर्दा एक वृद्धको मृत्यु

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ६:१५,

पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोटमा पहिरोले घर पुर्दा च्यापिएर एक वृद्धको मृत्यु भएको छ।

अविरल वर्षासँगै गएराति घरभन्दा २० मिटर माथिबाट आएको पहिरोले घर पुर्दा घर धनी ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो। बुधबार राति घरमा सुतिरहेको अवस्थामा पहिरो आएर पुर्दा चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजतलास गर्दा बिहीबार बिहान मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए।

बिहान ६ बजेतिर घर पहिरोले पुरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पहिरोको खबर पाएसँगै प्रहरी प्रमुख अर्याल, सांसद पदम गिरि, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली घटनास्थलमा पुगेको थियो।

मृतक चालिसेका २ छोरा बाहिर रहेको र श्रीमती बुधबार छोरीको घरमा गएका कारण अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

वर्षा भइरहेका बेला घरभन्दा माथि रहेको सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad