समाज


रास्वपा महाधिवेशनमा बिहान खसीको मासु, बेलुका मिक्स भेज

रास्वपा महाधिवेशनमा बिहान खसीको मासु, बेलुका मिक्स भेज

नेपालखबर
असार ८, २०८३ सोमबार १२:१४, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा आइतबारदेखि चितवनको भरतपुरमा जारी रहेको छ। आजदेखि बन्दसत्र सुरु हुँदै छ। 

रास्वपा महाधिवेशनमा सहभागी हुने देश तथा विदेशबाट प्रतिनिधि चितवनमा छन्। महाधिवेशनमा चार हजार एक सय प्रतिनिधि सहभागी रहेको प्रतिनिधि व्यवस्थापन उपसमितिले जनाएको छ। 

आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको आज चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्नेछ। 
महाधिवेशनमा सहभागी प्रतिनिधिले आइतबार पार्टीको समन्वयमा आफै होटल खोजेर बसेका थिए। आइतबार आफैले खानपिनको व्यवस्था गरेका थिए। 

आजदेखि भने रास्वपाले खानपिनको व्यवस्था गरेको छ। बिहान पार्टीले व्यवस्था गरेको खाजा खाएका छन्। 

महाविधेशनस्थलमै बिहान ७ बजेदेखि ‘ब्रेकफास्ट’ सुरु भएको छ। महाधिवेशनका प्रतिनिधिलाई बिहान ब्रेकफास्ट, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको खानाको व्यवस्था गरिएको छ। 

भोजन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिलाई बिहान खसीको मासु र भात खुवाइनेछ। त्यस्तै, बेलुका भने मिक्स भेज तरकारी खुवाइने जनाएको छ। 

रास्वपाले दियालो फुडल्यान्डलाई तीन दिनका लागि खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad