राजनीति


सचिवको सरुवालाई लिएर सरकारलाई कांग्रेस सांसद प्रश्नः कार्यसम्पादन सम्झौता मजाक थियो?

सचिवको सरुवालाई लिएर सरकारलाई कांग्रेस सांसद प्रश्नः कार्यसम्पादन सम्झौता मजाक थियो?

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ६:४६,

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्यांकनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्।

सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरिन्।

सांसद राधेश्याम अधिकारीले करिब एक महिनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध गरे।

उनले भने, ‘एक महिना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नका आएको छ, यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवहरुले एक महिनामै सकेका हुन् वा एक महिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन् वा सम्बन्धित मन्त्रीको रोजाइमा ती सचिवहरु परेनन् वा कार्यसम्पादन सम्झौता आफैँमा मजाक थियो।’

स्थायी सरकारका रुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थिर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन लगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उनको भनाइ थियो।

सांसद डा. विमला राई पौडेलले पछिलो समयमा राजनीतिक दलहरुबीच भएको सर्वदलीय बैठक स्वागतयोग्य भएको बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad