तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक ग१क ५४६६ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
दुर्घटनामा गम्भीर घाइते चालकको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
60
Shares

प्रतिक्रिया