समाज


कोसीबाट अघि बढ्यो मनसुन, फैलियो लुम्बिनी प्रदेशसम्म

कोसीबाट अघि बढ्यो मनसुन, फैलियो लुम्बिनी प्रदेशसम्म

नेपालखबर
असार ८, २०८३ सोमबार १२:३१, काठमाडौँ

असार ५ गते कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन आज (असार ८) देखि लुम्बिनी प्रदेशसम्म फैलिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गरी मनसुन कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको जानकारी दिएको हो। 

बुलेटिनमा भनिएको छ, ‘आज मनसुन कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै ठाउँमा प्रवेश गरेको छ।’

आज कहाँ कस्तो होला वर्षा?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो (भन्नाले दिनमा) कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ।

यस्तै राति कोसी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको मौसम महााशखाले जानकारी दिएको छ। 

काठमाडौँमा पनि पानी पर्ने सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार ‘काठमाडौँ उपत्यकामा साँझपख तथा राति मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad