ad ad

समाज


मध्यराति सुनचाँदी पसलमा डकैती, गोली प्रहारबाट ५ जना घाइते, १० लाख बराबरको लुटपाट

मध्यराति सुनचाँदी पसलमा डकैती, गोली प्रहारबाट ५ जना घाइते, १० लाख बराबरको लुटपाट

शैलेन्द्र महतो
असार ३, २०७८ बिहिबार ४:१,

महोत्तरीमा डाका समूहको आक्रमणबाट पाँच जना घाइते भएका छन्। सम्सी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति करिब १० जनाको संख्यामा आएका डाकाको समूहले लुटपाटसहित आक्रमण गरेको हो।

डाकाको गोली प्रहारबाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन्। उनको कम्मरमा गोली लागेको छ। जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई धरान रेफर गरिएको प्रहरीले जनाएको छ।

199338899 522275122477640 6119883706047028112 n

डाकाहरुको घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचन कुमारी साह र १७ वर्षीय छोरा राजिव साह घाइते भएका छन्।

उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ।

साहले आफ्नै घरमा सुनचाँदी पसल संचालन गर्दै आएका थिए। पसलमा मध्यराति लुटपाट भएको हो। घरको पछाडीबाट पर्खाल नाघेर पसलभित्र प्रवेश गरेका डाकाहरुले कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरेर आक्रमण र लुटपाट गरेका पीडित परिवारले बताएका छन्।

डाकाहरुले २ लाख ३२ हजार मूल्य बराबरको १७२ तोली चाँदी, ४ लाख ६५ हजार मूल्य पर्ने पाँच तोला सुन र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यादय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .