गएको २४ घण्टामा नेपालमा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१४ हजार ८१९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
आज ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४६४ पुगेको छ।
यो अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा संक्रमणमुक्त हुने दर ८७.८ प्रतिशत रहेको छ।
हिजो देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ९९३ जना संक्रमणमुक्त भएका थिए। यस्तै, ४६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया