कारोबार


नेपालले पहिलोपटक विदेश निर्यात गर्‍यो १ खर्ब रुपैयाँ बढीको वस्तु

नेपालले पहिलोपटक विदेश निर्यात गर्‍यो १ खर्ब रुपैयाँ बढीको वस्तु

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ११:१६,

नेपालबाट विदेश निर्यात पहिलोपटक एकै वर्षमा १ खर्बभन्दा बढी पुगेको छ।

अहिलेसम्म कुनै आर्थिक वर्षमा पनि १ खर्ब रुपैयाँबराबरको वस्तु विदेश निर्यात हुन नसकेकोमा चालू आर्थिक वर्षको १० महिना अवधिमा नै १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४८ करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ।

गत वर्षको तुलनामा नेपालको वस्तु निर्यात बढे पनि आयतको तुलनामा भने सन्तुष्ट हुने स्थिति छैन। आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भई१२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्पm तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

यसरी हेर्दा आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad