समाज


सञ्चारमाध्यमअगाडि राखिएका दुई गाडी व्यक्तिको र एउटा बैंकको नाममा

सञ्चारमाध्यमअगाडि राखिएका दुई गाडी व्यक्तिको र एउटा बैंकको नाममा

नेपालखबर
असार २९, २०८३ सोमबार १४:१७, काठमाडौँ

सञ्चारमाध्यमका कार्यालय अगाडि राखिएका दुई वटा गाडी व्यक्तिको र एउटा गाडी बैंकको नाममा रहेको खुलेको छ। 

सोमबार बिहानै कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी गाडी पार्किङ गरेर राखिएको थियो। जसले गर्दा सञ्चारमाध्यमका कार्यरत पत्रकार र कर्मचारीलाई आफ्ना सवारी साधान कार्यालय हाताभित्र लग्न समेत समस्या भएको थियो। 

यातायात व्यवस्था विभागको तथ्या‌कअनुसार, कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि रहेको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ। 

त्यस्तै, अनलाइन खबरको कार्यालय अगाडि रहेको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ। 

यसैगरी हिमालय टेलिभिनको कार्यालय अगाडि राखिएको बा १० च १२५५ नम्बरको गाडी डीआर अटोमोटिभ, धुम्बाराहीको नाममा रहेको पाइएको छ। 

तीनै गाडी राख्ने मान्छेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली तीनै ठाउँका गाडी हटाएको छ। क्रेनको सहयोगमा गाडी हटाइएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad