ad ad

समाज


बालबालिकालाई कोरोना संक्रमण हुँदा कस्ता लक्षण देखिन्छन्?

बालबालिकालाई कोरोना संक्रमण हुँदा कस्ता लक्षण देखिन्छन्?

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १०:३५,

भारतको पटनास्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का डा. सञ्जीवकुमारका अनुसार बालबालिकामा पनि कोरोना संक्रमणका लक्षण त्यस्तै देखिन्छन्, जस्तो ठूला मानिसमा देखिन्छन्।

उनी भन्छन्, ‘ज्वरो आउने, सुस्त हुने, खेल्न मन नगर्ने। कुनै बच्चालाई खोकी पनि लाग्न सक्छ। साथै पखालाजस्ता लक्षण पनि देखिन सक्छन्।’

उनी अगाडि भन्छन्, ‘तर बच्चामा रोग प्रतिरोधी क्षमता निकै राम्रो हुने भएकाले चाँडै सञ्चो हुन्छन्।’

बच्चाको इम्युनिटी बढाउन के गर्नुपर्छ?
डा. सञ्जीवकुमार भन्छन्, ‘धेरै अभिभावकले कोरोना संक्रमणका बेला बच्चालाई अनावश्यक रूपमा विभिन्न किसिमका औषधि र भिटामिन खुवाउने गर्छन्। यस्तो गर्नु हुँदैन। यसो गर्नु हानिकारक हुन सक्छ। हो, केही कुनै बच्चाका विकास उमेरअनुसार भइरहेको छैन भने चिकित्सकको सल्लाहमा उसलाई केही औषधि दिनुपर्ने हुन सक्छ। घरमा ताजा खानेकुरा, दूध, दही, प्रोटिनयुक्त खानेकुरा आदि दिइरहनुपर्छ। बच्चालाई बाहिर पठाउन हुँदैन। मास्क लगाउने बानी बसाउने।’

बालबालिकामा खोप परीक्षणको अवस्था कस्तो छ?
डा. सञ्जीवकुमार भन्छन्, ‘अहिलेसम्म बच्चामा खोपको परीक्षण गरिएको थिएन। यसकारण उनीहरूलाई खोप लगाइएको छैन। अब भारतका केही सहमार २ देखि १८ वर्षसम्मका बालबालिकामा कोरोनाविरुद्ध खोप लगाएर परीक्षण सुरु गरिएको छ। पटनाको एम्सममा अहिले पहिलो चरणअन्तर्गत १२ देखि १८ वर्षसम्मका २८ जनामा खोप परीक्षण गरिएको छ। अब आगामी मंगलबार ६ देखि १२ वर्षसम्मका बालबालिकामा, त्यसपछि २ देखि ६ वर्षसम्मका बच्चामा खोप लगाएर परीक्षण गरिनेछ। परिणाम राम्रो आयो भने भारतमा चाँडै बच्चाका लागि खोप अभियान सुरु हुनेछ।’ स्राेत : अमर उजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .