काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तिमा मानिसको खुट्टा भेटिएको ठाउँ नजिकै मान्छेको मासुको टुक्रा पनि फेला परेको छ।
मंगलबार खुट्टा फेला परेको स्थानभन्दा ५ सय मिटर पर मानिसको पोलिएको मासुको टुक्रा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए।
दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
हत्या गरेर शव व्यवस्थापन गर्ने क्रममा यी वस्तु छाडिएको अनुमान गरिए पनि कसको हत्या गरियो भन्ने पत्ता लागेको छैन।
प्रहरीले शवको पहिचान गर्न बेपत्ता व्यक्तिहरुका आफन्तसँग सम्पर्क बढाएको छ। डीएनएको रिपोर्ट आएपछि संभावित मान्छेसँग डीएनए जाँचिने प्रहरीले जनाएको छ।
थप अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ।
यो पनिः
बौद्धमा भेटिएको नली खुट्टोको डीएनए जाँचिने, हराएका व्यक्तिको ‘लिस्ट’ खोज्दै प्रहरी

प्रतिक्रिया