समाज


कोरोनाले गम्भीर बिरामी पर्ने खतरा– मासु खानेलाई धेरै, माछा मात्र खानेलाई अलि कम, शाकाहारीलाई झनै कम

कोरोनाले गम्भीर बिरामी पर्ने खतरा– मासु खानेलाई धेरै, माछा मात्र खानेलाई अलि कम, शाकाहारीलाई झनै कम

नेपालखबर
जेठ २६, २०७८ बुधबार ५:५४,

कोरोना संक्रमण हुँदा अवस्था जटिल हुनुको सम्बन्ध खानपानसँग पनि जोडिएको वैज्ञानिकले दाबी गरेका छन्।

वैज्ञानिक भन्छन्, ‘शाकाहारी र सीफुड खाने मानिसमा कोरोना संक्रमण भए पनि अवस्था गम्भीर हुने खतरा कम हुन्छ।’

अर्कातर्फ मांशाहारीलाई कोरोना संक्रमण भयो भने अवस्था जटिल हुने जोखिम बढी हुने उनीहरू बताउँछन्।

यो दाबी मेरिल्यान्डको जन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थको अनुसन्धानले गरेको हो।

अनुसन्धानकर्ता भन्छन्, ‘शाकाहारी मानिसमा कोरोना संक्रमणले अवस्था बिग्रिने खतरा ७३ प्रतिशत कम हुन्छ। यस्तै सिफुड (सामुद्रिक खाना) माछाजस्ता खानेकुरा खानेलाई यस्तो खतरा ५९ प्रतिशतसम्म कम हुन्छ तर अन्य मासु खाने मानिसलाई कोरोना संक्रमणबाट अवस्था नाजुक हुने खतरा धेरै नै हुन्छ।’

२ हजार ८४४ संक्रमितमा अनुसन्धान
अनुसन्धानकर्ताका अनुसार खानपान र कोरोना संक्रमणको गम्भीरताबीचको सम्बन्ध पत्ता लगाउन फ्रन्टलाइनमा काम गर्ने २ हजार ८४४ डाक्टर तथा नर्समा अध्ययन गरिएको थियो। जो सबै गत वर्षको जुलाई र सेप्टेम्बरमा कोरोनाबाट संक्रमित भएका थिए। यसमा फ्रान्स, जर्मनी, इटली, स्पेन, ब्रिटेन र अमेरिकाका डाक्टर/नर्स सामेल थिए।

अनुसन्धानका क्रममा उनीहरूको संक्रमण स्तर, खानपान र मेडिकल हिस्ट्रीबारे सूचना संकलन गरियो। जसबाट के पुष्टि भयो भने शाकाहार गर्ने व्यक्तिमा कोरोना संक्रमणबाट अवस्था गम्भीर बन्ने खतरा कम हुँदोरहेछ।

अनुसन्धानकर्ता भन्छन्, ‘प्लान्ट बेस्ड भेजिटेरियन भोजनमा धेरै किसिमका भिटामिन, मिनरल्स, न्युट्रिएन्ट्स हुन्छन्। कोरोनाबाट अवस्था बिग्रिने खतरा कम गर्ने कारण यो पनि हुन सक्छ। किनकि यी पोषक तत्त्वले रोगसँग लड्ने क्षमता दिन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad