राजनीति


देश नयाँ राजनीतिक ध्रुवीकरणतर्फ जाँदै छ, नयाँ ढंगले सोचौं : डा. भट्टराई

देश नयाँ राजनीतिक ध्रुवीकरणतर्फ जाँदै छ, नयाँ ढंगले सोचौं : डा. भट्टराई

नेपालखबर
जेठ २६, २०७८ बुधबार ५:२४,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउने सम्भावना औंल्याएका छन्।

कुनै पनि संकटले नयाँ सम्भावना पनि ल्याउने उल्लेख गर्दै डा. भट्टराईले अहिले जारी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण निर्माण गर्न सक्ने बताएका हुन्।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट भन्ने शब्दावालीकै बदनाम गराइसकेकाले फेरि अर्काे ‘असली’ कम्युनिस्टकै कुरा गर्नुचाहिँ व्यर्थ हुने उनको टिप्पणी छ।

यस्तो छ, डा. भट्टराईको भनाइ :
भनिन्छ, कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ। ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ। ओलीले ‘कम्युनिस्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिस्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुन सक्छ। सबैले नयाँ ढंगले सोचौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad