समाज


भारतका कोरोना संक्रमितमा प्राणघातक फङ्गसको समस्या बढ्दै, कस्ता हुन्छन् यसका लक्षण?

भारतका कोरोना संक्रमितमा प्राणघातक फङ्गसको समस्या बढ्दै, कस्ता हुन्छन् यसका लक्षण?

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १:१७,

भारतका विभिन्न राज्यमा प्राणघातक कालो, सेतो र पहेँलो ढुसीको समस्या बढ्दै गएको छ। कोभिड–१९ निको भई घर फर्किएका वा घरमै बसेर कोरोनामुक्त भएका मानिसमा कालो, पहेँलो र सेतो ढुसी (फङ्गस)को समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्।

सोमबार उत्तर प्रदेशको गाजियाबादमा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको त्यहाँको एक अस्पतालका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन्। ‘बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण देखिएको छ,’ त्यागीले भने। ४५ वर्षीय ती बिरामीको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को समस्या भएका बिरामीमा निद्रा बढी लाग्ने, भोक कम लाग्ने र तौलमा अस्वभाविक रुपमा कमी आउने जस्ता लक्षण देखिने गरेको छ। यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्ने, घाउहरू निको हुन ढिलो हुने, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्ने जस्ता समस्या हुन्छ,’ त्यागीले भने।

उनका अनुसार ‘नेक्रोसिस’को कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ,। ‘पहेंलो ढुसी एक घातक रोग हो। किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ। त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ,’ त्यागीले भने, ‘किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले रोगको निधानमा धेरै कठिनाई देखिएको छ।’

घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्दो सफा राख्नु र ब्याक्टेरिया र फङ्गसको बृद्धिलाई रोक्न मद्दत गर्नको लागि सकेसम्म चाँडो पुरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुने चिकित्सकहरुले बताएका छन्।

घरको आर्द्रता पनि ढुसी सङ्क्रमणबाट बच्न महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्छ । धेरै आर्द्रताले ब्याक्टेरिया तथा ढुसीलाई बृद्धि गर्न सक्छ । कोभिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ।

कालो, सेतो तथा पहेँलो ढुसी सङ्क्रमित बिरामीको रेखदेखकर्ता एक व्यक्तिले भनेका छन्, ‘बिरामीको दुई महिनादेखि कोभिड–१९ को उपचार चलिरहेको थियो। उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकापट्टि फुल्न थाल्यो। जसले गर्दा विरामीको आँखा बन्द (खोल्न नसक्ने) भयो। नाकबाट रगत बग्नुका साथै पिशाबमा रक्तस्राव पनि सुरु भयो। त्सपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेंलो ढुसी सङ्क्रमण पुष्टि भयो।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad