समाज


सुरु भयो शक्तिशाली चक्रवात यासको असर

सुरु भयो शक्तिशाली चक्रवात यासको असर

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १:१०,

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यासको असर नेपालमा पनि सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुासर आज (मंगलबार) बिहानैदेखि यासको आंशिक प्रभाव सुरु भएको हो।

जसका कारण बिहानै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। देशका बाँकी प्रदेशमा भने मौसम आंशिक मात्र बदली छ।

आज दिउँसोपछि देखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘अहिलेसम्मको अनुमानअनुसार यासको प्रभाव बिहीबार, शुक्रबारसम्म रहने देखिएको छ,’ मौसमविद् श्रेष्ठले मंगलबार बिहान नेपालखबरसँग भने।

चक्रवात यासले नेपालमा पार्न सक्ने सम्भावित असर र सजगताबारे मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिन जारी गरेर जानकारी गराइसकेको छ।

यो पनि : अति शक्तिशाली यास चक्रवातको त्रास, मौसम महाशाखाले फेरि जारी गर्‍यो विशेष बुलेटिन 

महाशाखाले मंगलबार ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

जेठ ११ गते मंगलबार (आज)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

जेठ १२ गते बुधबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

जेठ १३ गते बिहीबार
दिउँसो : देशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad