समाज


भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमित दर घट्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमित दर घट्यो

नेपालखबर
जेठ १०, २०७८ सोमबार ६:१८,

गएको २४ घण्टामा त्यहाँ ४ हजार ४५४ को कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतक संख्या ३ लाख ३ हजार ७२० पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच सोही अवधिमा भारतमा २ लाख २२ हजार ३१५ नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोनाको प्रभाव घटिरहेको भारतमा संक्रमित दर पनि घटेको हो।

लगातार २५ दिनसम्म भारतमा ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका थिए। तर झन्डै एक हप्तायता भारतमा ३ लाख मुनीको संख्यामा संक्रमित थपिरहेका छन्।

भारतमा संक्रमितभन्दा कोरोनामुक्त हुने दर पनि बढेको छ। २ लाख २२ हजार नयाँ संक्रमित थपिँदा भारतमा गएको २४ घण्टामा ३ लाख २ हजार ५४४ निको भएका छन्।

भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ६७ लाख ५० हजार पुगेको छ। संक्रमितमध्ये २ करोड ३७ लाख २८ हजार कोरोनामुक्त भइसकेका छन्।

अहिले सक्रिय संक्रमित २७ लाख २० हजार रहेको भारतमा हालसम्म १९ करोड ६० लाख ५१ हजारले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad